कपिलवस्तुमा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण 

कपिलवस्तुमा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण 

कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत २५ वर्षीया एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।

अस्पतालमा नौजनाको स्वाब सङ्कलन गरिएकोमा एक स्वास्थ्यकर्मीलाई मात्र पोजिटिभ देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । अन्य आठजनाको रिर्पोट नेगेटिभ आएको छ ।

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरूको थ्रोट स्वाब सङ्कलन गर्ने क्रममा उनको कोरोना पुष्टि भएको हो ।