लकडाउन फेरी कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी पास रद्द

लकडाउन फेरी कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी  पास रद्द

काठमाडौं । सरकारले लकडाउन फेरी कडा बनाउने भएको छ । देशको विभिन्न भागमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिने भएको हो । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

गृह मन्त्रालय श्रोतका अनुसार उक्त निर्णय बिहीबारदेखि लागू हुनेछ । उपत्यकामा कार्यरत सरकारी कर्मचारीहरुलाई पनि पास अनिवार्य गरेको छ ।  

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने ब्यवस्था थियो । अब भने नियामक निकायबाट  अनिवार्य पास चाहिने ब्यवस्था गरिएको छ ।  

त्यसैगरी सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।