कोभिड–१९ महामारी र थेग्रिदै वैश्विक समाजिक एजेन्डा

कोभिड–१९ महामारी र थेग्रिदै वैश्विक समाजिक एजेन्डा

त्रास परिचालित सरकारहरूले  हतार हतारमा निर्माण गर्ने गरेका नीतिहरूमा कोरोनाभाइरसको खतराले ध्वस्त भएका अर्थतन्त्रहरूमा विशाल परिमाणमा मुद्रा धन खन्याइरहनु रहेको छ । मौद्रिक प्राधिकरणहरूले मुद्रा सिर्जना गर्ने र त्यो मुद्रालाई  प्रमुख निगमहरू अनि विशेषगरी ठूला बैंकहरूलाई संकट भरिमा अति न्यून ब्याज दरमा सापटी दिने गर्छन् । सरकारी खजानाहरूले  ध्वस्त अर्थतन्त्रलाई सामान्य अवस्थामा वा  कल्पना गरे अनुसार महामारी पूर्वकोअस्थामा ल्याउन ऋण लिन्छन् । पुँजीवादका नेताहरू तिनका वैचारिक अन्धोपनका कारण नीतिगत सफलतामा भासिदै गइरहेका छन् ।

वैश्विक पुँजीवाद २०१९ वा अर्थतन्त्रलाई महामारी पूर्वको अवस्थामा फर्काइ ल्याउने नीतिहरूको समस्या आफैमा सन् २०२०को ध्वंसको एक प्रमुख कारण रहयो । सन् २००० देखि २००८–२००९बीच भएका विश्व अर्थतन्त्रका दुर्घटनाका घाउहरूबाट पुँजीवाद अझ स्वस्थ्य भइसकेको थिएन् । वर्षौ देखि न्यून ब्याजदरमा प्रवाह गरिएको धनले निगमहरू र सरकारहरूलाई तिनका समस्याहरू झण्डै  शून्य दरमा असिमित ऋण लिएर समाधान गर्न सक्षम बनाएको थियो ।अर्थतन्त्रहरूमा केन्द्रीय बैंकहरूले खन्याएका सबै नयाँ मुद्रा निसन्देह मुद्रास्फितिको आंशकाका  कारण खन्याइएका थिए तर मुख्यरूपमा स्टक बजारका मूल्यहरू परिणामतः त्यतिखेर स्थापित आर्थिक मूल्यहरू र वास्तविकताहरू भन्दा धेरै टाढा खतरनाकरूपले चक्कर लगायो । आम्दानी र सम्पत्तिको असमानता ऐतिहासिकरूपमा उच्च  भयो ।

संक्षेपमा पुँजीवादले अर्को दुर्घटनाका लागि कमजोरीहरूको निर्माण गरेको थियो जसलाई कुनै सम्भावित धक्काले छताछुल्ल पार्न सक्थ्यो । यो धक्का यो बेला डटकम मेल्टडाउन २००० वा सहयोगी मेल्टडाउन २००८÷९को जस्ता नभएर एक भाइरसको रूपमा आयो । अनि वास्तवमै मुख्यधारका विचारधारालाई धक्कामा ध्यान दिनुपरेको छ कमजोरी तर्फ होइन् । मुख्यधारका नीतिहरूले महामारी पूर्वको पुँजीवादलाई पुनस्थापित गराउने लक्ष्य लिएका छन् ।उनीहरूले यसमा सफलता पाइहाले र कुनै किसिमको एक पुँजीवादी प्रणाली ल्याइहाले पनि ती कमजोरीहरू पुँजीवादी प्रणालीलाई ध्वस्त पार्नका लागि फर्कि आउने र त्यसले फेरि अर्को धक्का छिट्टै दिनेछ ।

कोरोनाभाइरस महामारीको प्रकाशमा  पुँजीवादको समालोचना र यसले संग्रह गरेका कमजोरीहरूका केही कारणहरूबारे केन्द्रित गरौं । भाइरसहरू प्रकृतिका अंग हुन् । हालका र टाढाका दुबै इतिहासमा हेर्दा कहिलेकाही यी भाइरसहरूले मानव जातिमाथि खतरनाकरूपले आक्रमण गरेका छन् । सन् १९१८मा स्पेनिस फ्लुले करिब ७ लाख मानिसको मृत्यु अमेरिकामा भयो भन्ने अन्यत्र गरी करौडौंको मृत्यु भएको थियो । हालका भाइरसहरूमा सार्स, मर्स र इबोला रहेका छन् ।सार्वजनिक स्वास्थ्यका लागि हरेक समाजको तयारीको रूपमा हुनुपर्ने विषय परीक्षण, मास्क, भेन्टिलेटर, अस्पतालका बेड, तालिम प्राप्त स्वास्थ्यकर्मी र भाइरस नियन्त्रकहरू हुनुपर्ने हुन्छ ।अमेरिकामा यस्ता वस्तुहरूको उत्पादन मुनाफा उद्देश्य बोकेका नीजी पुँजीवादी प्रतिष्ठानहरूले गर्ने गर्छन् । यी वस्तुहरूको उत्पादन मुनाफाका लागि भण्डारण गरिने खालका होइनन् ।

अमेरिकी सरकारले न त यसको उत्पादन ग¥यो न त यसको भण्डारण नै ग¥यो । अमेरिकी सरकारका शीर्ष पदाधिकारीहरू नीजी पुँजीवादका विशेषधिकार प्राप्त व्यक्ति हुन्छन् तिनको प्राथमिक उद्देश्यभ नेको तिनको संरक्षण तथा अभिबृद्धि हुन्छ । परिणामतः न नीजी पुँजीवादले न अमेरिकी सरकारले सार्वजनिक स्वास्थ्य र सुरक्षाको संरक्षण तथा व्यवस्थापनमा सर्वाधिक आधारभूत कर्तव्य पूरा गरेन् ।सन् २०१९को डिसेम्बरमा देखा परेको कोरोनाभाइरसको निरन्तरता प्रति अमेरिकी पुँजीवादले अति थोरै र धेरै ढिला गरी प्रतिक्रिया जनायो । यो असफल भयो ।यो समस्या हो 


पुँजीवादमा दोस्रो ध्यान दिनुपर्ने विषय आजको आर्थिक ध्वंसबारे ट्रम्पले दर्शाएको चिन्ता र डेमोक्रेट्सले पुँजीवादको आलोचनाबाट जोगिएर गरिएको आलोचनाको विषय हो । उनीहरू सबै भाइरस, चीन, विदेशी, अन्य राजनीतिबारे बहस गर्छन तर उनीहरू सबैले सेवा गरेको प्रणालीबारे कहिल्यै बहस गरेका छैनन् । ट्रम्प र अन्यले आफ्नो र अरूको जीवनको जोखिम हुँदाहुँदै मानिसहरूलाई रोजगारमा फर्किन र सार्वजनिक स्वास्थ्य ध्यान निदएर भएपनि ध्वस्त भएको पुँजीवादलाई पुनर्जीवित गराउन दबाब दिन्छन् ।

तेस्रो कारण भाइरसहरूको राम्रो व्यवस्था गर्न सक्ने कुनै मुनाफा पहिले तर्कबाट परिचालित नहुने  वैकल्पिक प्रणाली नभएको आरोप पुँजीवादलाई यहाँ लाग्छ । भाइरस महामारीका लागि आवश्यक हरेक वस्तुको उत्पादन र भण्डारण मुनाफा हुने गरी नभएपनि प्रभावकारी हुन्छ ।   आजको विपद्का लागि धेरै योगदान दिइरहेको देखिएको  परीक्षण र भेन्टिलेटरको उत्पादन तथा भण्डारण गर्न लाग्ने आवश्यक लागत भन्दा धेरै ठूलो सम्पत्ति अहिलेसम्म गुमिसकेको छ । पुँजीवादले समाजिक आवश्यकता र मूल्यहरूका आकस्मिकताका लागि हुने खर्च भन्दा प्रायः जसो मुनाफा खोज्छ ।यसमा पुँजीवाद पूर्णरूपमा असरहीन हुन्छ । यो महामारीले मानिसहरूको घरमा सत्यलाई लगिरहेको छ ।

मजदुरहरूले लोकतान्त्रिकरूपमा प्रतिष्ठान सञ्चालन गर्ने ,के कसरी र कहाँ उत्पादन गर्ने निर्णय गर्ने, मुनाफा भए त्यसलाई के गर्ने , मुनाफा भन्दा पहिले सामाजिक आवश्यकता र उद्देश्यजस्ता विषयमा निर्णय गर्ने मजदुर सत्तामा आधारित अर्थतन्त्र सञ्चालित राखिने छ । सबै पुँजीवादी समाजहरूमा  मजदुरहरू बहुसंख्यक हुन्छन् ,तिनको स्वार्थ बहुसंख्यकका लागि हुन्छन् । रोजगारदाताहरू सदैव सानो अल्पसंख्यक हुन्छन् तिनका विशेष स्वार्थहरू अल्पसंख्यकका लागि हुन्छन् । पुँजीवादले अल्पसंख्यकको पद , मुनाफा र  समाज समग्ररूपमा बाँच्छ वा मर्छ त्यसको निर्णय गर्ने शक्तिलाई सहयोग गर्छ । त्यसैले सबै कामदारहरूमा तिनको रोजगार, आम्दानी, घर र बैंक खाता कहिलेसम्म टिक्ने हो त्यसबारे चिन्तित छन् । अल्पसंख्यक रोजगार दाता यी सबै सवालहरूको  विषयका  निर्णय गर्छन र यस्ता निर्णय प्रक्रियामा बहुसंख्यक कामदारहरूलाई बाहिर राख्न लगाउँछन् । बहुसंख्यक हुँदाहुँदै पनि उनीहरूलाई अल्पसंख्यकको निर्णयमा बाँच्नु पर्छ ।

वास्तवमा अहिलेको शीर्ष प्राथमिकता भनेको सार्वजनिक स्वार्थ र सुरक्षा पहिलो हुन्छ । यो विषयमा विचार गर्दा देशका सबै कामदारहरूले असुरक्षित रोजगार शर्तमा काम गर्न अस्वीकार गर्ने विषयमा विचार गरिरहेका छन् ।अमेरिकी पुँजीवादमा आजको सामाजिक एजेन्डा बनेको आम हडताल आइपुगेको छ ।यो सँगै निकटको दोस्रो प्राथमिकता महामारीमा पुँजीवादको असफलताको सिकाइ हुन्छ । हामी फेरि यस्तो खतरनाक र अनावश्यक समाजिक विभेदबाट कष्ट झेल्नु पर्दैन् । प्रणालीगत परिवर्तन अहिलेको समाजिक एजेन्डा अगाडि आइरहेको छ ।

(एजेन्सीको सहयोगमा)