अर्को साता देखि भारतका एक तिहाइ बढी घरपरिवार अभावमा फस्ने
काठमाडौ । भारतको एक तिहाइ भन्दा बढी घरपरिवार अर्को सातादेखि अभावको संकटमा फस्ने भएका छन् ।
सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमिकले गरेको नयाँ सर्वेक्षणमा यस्तो जनाइएको छ ।
कोरोनाभाइरसबाट बच्न गरिएको लकडाउनको घरपरिवारमा परेको असरबारे गरिएको अध्ययनमा ८४प्रतिशत घरपरिवारको मासिक आम्दानी घटदै गएको खुलाइएको छ ।
श्रम गर्ने उमेरका जनसंख्याको एक चौथाइ बढी बेरोजगार छन् । भारत भर कुल घरपरिवारका ३४ प्रतिशतलाई बाँच्न अर्को साता देखि अतिरिक्त सहयोगको आवश्यकता हुने अध्ययनका प्रमुख अर्थशास्त्री कौशिक कृष्णनले बताए ।
यो अध्ययनले आगामी दिनमा यस्ता न्यून आम्दानी हुने घरपरिवारलाई नगदको आवश्यकता पूरा गर्नुपर्ने काम द्रुतगतिमा गर्नुपर्ने हुन्छ ।
यो अध्ययनले शहरी क्षेत्रका ६५ प्रतिशतलाई एक साताका लागि पर्याप्त रसद पानी रहेको र ग्रामिण क्षेत्रका ५४ प्रतिशतलाई पर्याप्त रसद पानी रहेको जनाएको छ ।
प्रतिक्रिया