स्थायी समितिको वैठक स्थगित

स्थायी समितिको वैठक स्थगित


३१ वैशाख, काठमाडौं । आज बस्ने भनिएको स्थायी समितिको वैठक स्थगित भएको छ । आज ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको थियो । 

हाल बढिरहेको कोरोना भाइरस र पार्टी स्थायी सदस्यहरुको पीसीआर परीक्षण गर्न बाँकी रहेकाले स्थगित गरिएको स्थायी समिति सदस्य पम्फा भुसालले जानकारी दिइन । 

आजको वैठकमा लिपुलेकमा भारतीय हस्तक्षेप, सरकारले सदनमा प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने तय भएको पनि भुसालले जनाइन । 

हिजो एकै दिनमा कोरोना संक्रमण ह्वात्तै बढेको थियो । काठमाडौं र भक्तपुरमा समेत नयाँ कोरोना संक्रमण भेटिएको थियो ।