भक्तपुरका कोरोना संक्रमित ब्यक्ति सशस्त्र प्रहरी रहेको खुलासा

भक्तपुरका कोरोना संक्रमित ब्यक्ति सशस्त्र प्रहरी रहेको खुलासा

काठमाडौं, ३१ वैशाख । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । रामेछाप स्थायी ठेगाना भएका उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदादेखि नै सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ । तर उनी एक महिनादेखि रावलसँग थिएनन् ।

दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।