भक्तपुरकी कोरोना संक्रमित युवती स्टाफ नर्स

भक्तपुरकी कोरोना संक्रमित युवती स्टाफ नर्स

भक्तपुर, ३१ वैशाख । कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी एकजना युवती स्टाफ नर्स भएको खुलेको छ। संक्रमित दुईजनामध्ये २५ वर्षीया युवती आरोग्य अस्पतालकी स्टाफ नर्स भएको खुलेको हो। 

मंगलवार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला भक्तपुरस्थित आरोग्य अस्पतालमा कार्यरत स्टाफ नर्स भएको खुलेको हो।

सुनसरीको रामधुनी नगरपालिका झुम्काकी उनको सल्लाघारीमा कोठा थियो। तर उनी थिमीस्थित स्टाफ नर्स साथीको डेरामा सँगै बस्दै आएकी थिइन। गत वैशाख २५ गते उनी मोटरसाइकलबाट भक्तपुर आएकी हुन। उनलाई मंगलबारै राति टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ।

उनकी रुम पार्टनर भक्तपुरकै मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत एकजना स्टाफ नर्स नै रहेको खुलेको छ। आरोग्यकी स्टाफ नर्समा कोरोना देखिएपछि मानव अंग प्रत्यारोपण केन्द्रका सबै चिकित्सक र स्वास्थ्यकर्मीको र्‍यापिड टेस्ट गरिने भएको छ।