जनकपुरका पत्रकारलाई कोरोना संक्रमण पुष्टि

जनकपुरका पत्रकारलाई कोरोना संक्रमण पुष्टि

जनकपुर, ३१ वैशाख । जनकपुरका पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । 

ती पत्रकार मुटुको बिरामी हुन् । उनले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउ जाउ गर्ने गरेको बताए ।

यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।