वुहानमा दश दिनमा एक करोड १० लाख जनताको टेष्ट गर्ने तयारी
काठमाडौं । चीनको वुहान शहरमा फेरि कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । कोरोना भाइरसको उदग्म शहर मानिएको वुहानमा ६ जना नयाँ संक्रमित फेला परेसँगै त्यहाँको सरकारले १ करोड १० लाख वासिन्दा रहेको वुहान शहरका सबैको टेस्ट गर्ने तयारी गरेको छ । वुहानमा रहेको हरेक जिल्लाका स्थानीय सरकारलाई दश दिनभित्र कसरी सबै टेस्ट गर्न सकिन्छ त्यसको योजना बनाउन निर्देशन दिएको छ ।
यसरी नागरिकहरु सबैको कोरोना टेस्ट गर्दा जेष्ठ नागरिकहरु र जनघनत्व बढी रहेको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
जनवरीको शुरुवातदेखि ११ हप्तासम्म लकडाउनमा रहेको वुहान शहरलाई ८ अप्रिलबाट खुकुलो गर्दै लगिएको थियो । त्यसपछि वुहानमा लक्ष्मण नदेखिएका संक्रमितहरु फेला परेका थिए । फेरि दोश्रो महामारी आउन नदिनलाइे वुहान शहरका सबै बासिन्दाको सुरक्षाको लागि वुहान सरकारले सबैको कोरोना टेष्ट गर्न लागेको हो ।
यस अघि दुई हप्तामा नै हजार वेडको कोरोना अस्पताल बनाएर सबैलाई आश्चर्यजनक बनाएको चीन सरकारले विश्वलाई कोरोनाका विरामी पत्ता लगाउन टेष्टको दायरा फराकिलो बनाउन धौ धौ परिरहेको बेला चीनको यस कार्यले थप चकित बनाएको छ ।
प्रतिक्रिया