४ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै 

४ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै 

काठमाडौं, ३१ वेशाख । सरकारले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज अपरन्ह ४ बजेका लागि बोलाइएको एक मन्त्रीले झिल्कोलाई बताए ।

कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बैठक बोलाइएको ती मन्त्रीको भनाई छ । 

बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र पूर्व प्रधानमन्त्रीहरुलाई समेत बालाइएको छ ।