दुई जना कोरोना संक्रमित नारायणी अस्पतालबाट भागे
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । भागे लगत्तै उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले बताएको छ ।
दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आउने वित्तिकै प्रहरी लगायत स्थानीयहरु समेत उनीहरुलाई खोजी गर्न सक्रिय रहेका छन् । विरामी नै अस्पतालबाट भाग्न थालेपछि कोरोना नियन्त्रणमा थप चुनौति थपिएको अस्पतालका एक चिकित्सकले बताए ।
प्रतिक्रिया