आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा का २४ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्शामा ३ जना र नवलपरासीमा १ जनामा कोरोना भेटिएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ
प्रतिक्रिया