थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २५०
काठमाडौं, जेठ १ गते । पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो ।
पछिल्लो पुष्ट भएका सर्लाही धनकौल नपा निवासी ४५ वर्षिया पुरूष, धनुषा जनकपुर नपा र मिथिला नपा निवासी ४० वर्षीया पुरूष र २० वर्षिया महिला रहेका छन् । त्यस्तै महोत्तरी जलेश्वर नपा र वलवा नपा निवासी १६ र ३५ वर्षीया पुरूष रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा छन् ।
प्रतिक्रिया