ताइवान भाइरस मुक्त !
काठमाडौं । चीनको पहिलो संक्रमित भेटिएको वुहानबाट करिव एक हजार किलोमिटर पर रहेको ताइवानमा कोरोनाको आन्तरिक नयाँ संक्रमित नभेटिएको आज ३१ दिन भएको जनाइएको छ । समाचार अनुसार बाहिरबाट संक्रमित नआएको पनि छ दिन भइसकेको छ ।
ताजुक लाग्दो कुरा त के छ भने ताइवानको सरकारले अहिलेसम्म लकडाउन गरेको छैन । तर उच्च सतर्कता भने अपनाएको छ । सुरुमै सीमा क्षेत्रमा कडाई, बाहिरबाट आएकालाई अनिवार्य क्वारेनटिन, कन्ट्रयाक टेङसिङ्ग, अस्पताल र घरमा आइसुलेशन बसेको ठाउँमा कडाई गरिएको छ । यो सबै विश्वव्यापी कोरोना भाइरस नियन्त्रण नहुन्जेलसम्म लागु हुने ताइवानको सरकारले जनाएको छ ।
यो पनि पढ्नुहोस
कसैको साथ बिना यसरी लड्यो ताइवानले कोरोनासँग, यसबाट नेपालले सिक्ला ?
https://jhilko.com/post/--9264?fbclid=IwAR02W9SHWNv8Cr3J-21M4Q6rbk02pndphHY6hxBx8hhKvaIbjDwr2yEU38g
विद्यार्थीहरु स्कूल गइरहेका छन् । मानिसहरु काममा छन् । रेष्टुरेष्ट खुला छ । त्यस्तै Baseball (वेसबल) खेल जुन ताइवानमा निकै चर्चित छ, त्यसमा पनि एक हजार दर्शकको संख्यामा हेर्न पाइन्छ । अहिले पनि त्यहाँ ठाउँ ठाउँमा जोरो मापन गरिन्छ । किटनाटक औषधी छर्किन्छ, र अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्छ ।
यतिखेर कोरोना भाइरसको महामारीले विश्वभर भयङ्कर रुप लिइरहेको अवस्थामा ताइवान गरिएको नियन्त्रणको विधि अन्य देशले पनि सिक्नयोग्य रहेको छ । विश्वमा कोभिड १९बाट संक्रमित ४३, ५०,००० पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै लगभग तीन लाखको मृत्यु भइसकेको छ । ताइवानमा करिव दुई करोड ४० लाख जनसंख्या रहेको छ ।
नेपालमा माघ ९ गते कोरोनाको नयाँ संक्रमण भेटिएको थियो । चैत्र ११ गतेदेखि लकडाउन गर्ने वाहेक अरु कुनै तयारी, विधि नअपनाउँदा आज दिन प्रति दिन विरामीको संख्या बढिरहेको छ ।
प्रतिक्रिया