थप नौ जनामा संक्रमण देखियो, दुई सय ५८ पुग्यो

थप नौ जनामा संक्रमण देखियो, दुई सय ५८ पुग्यो


२ जेठ, काठमाडौं । शुक्रबार नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । 

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोरोना पुष्टि भएको हो ।