चीनलाई कमजोर पार्न पश्चिमाहरूले क्रिस्चियन धर्मको प्रयोग गरेको चेतावनी, नेपालले पनि यसबाट सिक्ने कि ?

चीनलाई कमजोर पार्न पश्चिमाहरूले क्रिस्चियन धर्मको प्रयोग गरेको चेतावनी, नेपालले पनि यसबाट सिक्ने कि ?

क्रिश्चियन धर्म विशुद्ध धर्ममात्र नभएर राजनीति अभियान हो भन्ने कुरालाई फेरि एकपटक चीनले पनि चुनौती मानेबाट स्पष्ट हुन्छ । पश्चिमा शक्तिले चीनलाई कमजोर पार्न क्रिश्चियन धर्मको प्रयोग गरेको चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन् । चिनियाँ समाजमा प्रभाव पार्न र सरकारको प्रभाव कम गराउन पश्चिमाहरूले क्रिस्चियन धर्मको प्रयोग गरिरहेको जनाउँदै उनीहरूले चिनियाँ क्रिस्चियनहरूले चिनियाँ शैलीको धर्मको व्यवहार गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

चीनको संविधानले धार्मिक स्वतन्त्रताको ग्यारन्टी गरेको छ तर छ वर्षअघि राष्ट्रपति सी जिनपिनले कार्यालय सम्हाले यता चिनियाँ सरकारले धार्मिक विषयहरूमा कठोरता अपनाउन थालेको देखिएको छ । क्रिस्चियन धर्मको प्रयोगबाट कम्युनिस्ट पार्टीको सरकारमाथि चुनौती थपी दिएको चिनियाँ अधिकारीहरूको बुझाइ रहेको छ ।

भ्याटिकन सिटीसँग सम्बन्ध सुधार गर्दै चिनियाँ सरकारले पोस्टेन्ट र क्याथलिक दुबै प्रकारका चर्चहरूको भूमिगत कार्यकलापमा रोक लगाएको छ । 

द थ्री सेल्फ प्याट्रियोटिक मुभमेन्ट अफ प्रोस्टेन्ट चर्च इन चाइनाको राष्ट्रिय समितिका प्रमुख सु सिआओहोङले हालैको एक सम्बोधनमा भने “चीनको क्रिस्चियन धर्ममा बाहिरबाट घुसपैठ भएका समस्या र गुप्तरूपमा गरिने बैठकहरू समस्याको रूपमा देखिएका छन् । हाम्रा चर्चका व्यवहारहरू चीनको नामबाट चिनिनु पर्छ न कि पश्चिमाहरूको नामबाट । चीन विरोधी पश्चिमा तागत निरन्तर चिनियाँ समाजको स्थायित्वलाई प्रभावित गर्न र सरकारको राजनीतिक सत्तालाई क्रिस्चियन धर्मको माध्यमबाट कमजोर पार्न लागि परेका छन् ।” 

साथै उनले भने “चिनियाँ क्रिस्चियन धर्मलाई समाजवादी समाजका लागि समाजवादका मूल्य मान्यताले मात्र निरन्तर अगाडि बढाउनेछ ।”

चीनले गरे जस्तै नेपालमा पनि राजनीति घुसाउन गरिने धर्म परिवर्तनलाई नियन्त्रण गर्न पहल बढाउने कि ?