सामन्त र सामन्तवादको साइनो

सामन्त र सामन्तवादको साइनो

भवानी बराल

शक्तिशाली राजालाई कर बुझाउने सानो राजा, रजौटालाई सामन्त भनिन्छ । राजा वा प्रमुख शाषकको आडलिएर सर्वसाधारण जनतालाई शोषण गर्ने व्यक्ति सामन्त हो ।
लिच्छवीकालमा सामन्त एउटा उच्च दर्जाको पद हुन्थ्यो । सामन्तको समानअर्थी शब्द शोषक जाली फटाहा पनि हो ।

'सामन्त' शब्दबाटै यसको अर्थ-राजनैतिक शब्द 'सामन्तवाद' बनेको हो । कुनै राज्यअन्तर्गतका सामन्त, जमिन्दार, विर्तावाल आदिलाई खेती मोही आदिमाथि शासन चलाउने पुरापुरा अधिकार दिइने सिद्धान्त वा शासन पद्धतिलाई सामन्तवाद भनिन्छ । नेपालमा सामन्तवादको अन्त्य भएको तर अर्ध(सामन्तवाद रहेको नेपालका साम्यवादीहरुले केही अघिको समयसम्म व्याख्या गर्दै आएका थिए । तर यतिखेर उनीहरुले सामान्तवादको अन्त्य भैसकेको सामन्तवादको अवशेषमात्र बाँकी रहेको तर्क गर्ने गर्छन ।

जमिनसंगको उपयोग र उत्पादनसम्बन्धको आधारमामात्र उनीहरु सामन्तवादको अन्त्य भएको ठान्छन । वास्तवमा सामन्तवाद एउटा राजनैतिक दर्शन हो । आजपनि विविध रुपरंगमा सामन्तवाद कायमै छ । कमसेकम शासन व्यवस्थामा सामन्तवाद कायमै छ । यो आजको राजनैतिक व्यवहारमा देखिएको यथार्थ हो  ।

तर फेसबुकमा भेटिएको तलको फोटो हेरर नेपालका साम्यवादीहरुले नेपालमा सामन्तवादको अबशेषमात्र रहेको ठहर्याएका हुन सक्छन भन्ने लागेको छ । सामन्तलाई गिँडेको झापामै सामन्तको अबशेष रहेको छ भन्ने यो फुटोले तिनमा दिव्य ज्ञान आएको हुनसक्छ भन्ने हाम्लाइ लाइरा'छ । फुटो पोस्ट्याउने अज्ञात साथीलाई धन्यवाद ।