कोरोना संक्रमित अस्पतालबाट भागे सुरक्षाकर्मीले गोली हान्ने
काठमाडौं, २ जेठ । कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा पक्रनका लागि सुरक्षाकर्मीले गोली हान्ने अधिकार पाएका छन्।
केही दिनअघि पर्सास्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेपछि प्रशासनले यस्तो कडा निर्णय गरेको हो। पर्सास्थित संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा गोली हान्ने अधिकार सुरक्षाकर्मीलाई दिने निर्णय गरेको हो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार संक्रमित भागेमा नियन्त्रणमा लिन आवश्यकता अनुसार बोल प्रयोग गर्ने तथा गोलीसमेत चलाउन पाउने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ।
गत बधुबार दुईजना कोरोना संक्रमित शौचालय जाने बहानामा अस्पतालबाट भागेका थिए। वीरगञ्ज निवासी दुवै संक्रमित भागेर घर पुगेका थिए। घरमा आफन्तले पनि गाली गरेपछि निषेधाज्ञा जारी गरेको अवस्थामा उनीहरुलाई सडकमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएर पुनस् अस्पतालमै ल्याएको थियो।
पर्साको नारायणी अस्पतालमा हाल ७१ जना संक्रमितको उपचार भइरहेको छ। त्यहाँ नअटेका १९ जनालाई सिद्धार्थ स्कुलको क्वारेन्टाइनलाई सेमी आइसोलेसन वार्ड बनाएर राखिएको छ।
प्रतिक्रिया