रुसले उत्तर कोरियालाई पठायो २५ हजार टन गहुँ
एजेन्सी, २ जेठ । रुसले मानवीय सहायताको रुपमा उत्तर कोरियालाई २५ हजार टन गहुँ पठाएको छ । प्योंङ्गयाङ्गमा रहेको रुसी दूतावासाले एक फेसबुक पोस्टमार्फत यसबारेमा जानकारी दिएको हो ।
फेसबुक पोस्टमा रुसी दूतावासले लेखेको छ, जहाजका चालक दललाई क्वरेण्टीनमा राखिएको छ र बन्दरगाहको एक अलग क्षेत्रमा सबै गहुँ अनलोड गरिसकिएको छ ।ु
संयुक्त राष्ट्र सङ्घको गएको अप्रिलमा प्रकाशित भएको एक रिपोर्टमा झण्डै एक करोड उत्तर कोरियाली नागरिक खानाको कमीको सामना गरिरहेको भन्दै चेतावनी दिएको थियो ।
उत्तर कोरियामा कोरोना भाइरसको प्रकोप या अन्य कुनै कारणले खाद्य आपूर्ति भएको हो भन्नेबारेमा स्पष्ट भएको छैन ।
यद्यपि उत्तर कोरियाले त्यहाँ एक जनामा पनि कोभिड–१९ पुष्टि नभएको दाबी गरेको छ ।
प्रतिक्रिया