चीनबाट भारत जाने कम्पनीमाथि टम्पले कर थप्ने

चीनबाट भारत जाने कम्पनीमाथि टम्पले कर थप्ने

काठमाडौ । चीन र अमेरिकाबीचको बढ्दो तनावका कारण त्यहाँबाट निस्केर भारत जान खोज्ने कम्पनीहरूमाथिअमेरिकाले कर थोपर्ने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल लगायत चीनबाट निस्कने कम्पनी भारत वा आयरल्यान्ड जान खोजे तिनमाथि नयाँ कर लगाउने चेतावनी दिएका हुन् ।

फक्स बिजनेस न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उत्पादनमूलक कम्पनीलाई अमेरिका फर्काउन करमा छुट र प्रोत्साहन  दिइएको बताए ।

एप्पलले चीनबाट आफ्नो कम्पनी इन्डिया लान खोजेको भनिरहेका बेला अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उत्पादनमूलक कम्पनीको आपूर्ति शृंखला चीनको वुहानमा फैलिएको कोरोनाभाइरस महामारीले भत्काइदिएपछि एप्पल लगायतका कम्पनीहरूले उत्पादनस्थल चीनबाट भारत लाने जनाएको हो ।

यस्ता कम्पनीहरूलाई चेतावनी दिँदै ट्रम्पले भने “ अमेरिकाका लागि यस्ता कम्पनीले केही नगरेकाले उनीहरूले अमेरिकाबाट कुनै राहत पाउने विश्वास नगरे हुन्छ ।”

जुन कम्पनीले देश बाहिर उत्पादन गर्छ तिनमाथि कर थपिने उनले जनाए । आफूले अमेरिकी कम्पनीहरूलाई अमेरिका भित्र ल्याउन खोजेको बताउँदै आपूर्ति शृंखला विश्वभर रहेको बताए ।

अमेरिकाले चीनसँगको व्यापार युद्धमा अतिरिक्त भन्सार महशुल बढाउने उपाय अपनाए जस्तै उत्पादनमूलक कम्पनीलाई अमेरिका फर्काउने योजना बनाएको देखिएको हो ।