डब्लुएचओलाई चीन बराबर अनुदान दिनेः अमेरिका 

डब्लुएचओलाई चीन बराबर अनुदान दिनेः अमेरिका 

सबल दाहाल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई रोकेको अनुदान पुनः दिने घोषणा गरेका छन् । फक्स न्युजले जनाए अनुसार अमेरिकाले पनि चीनले जति अनुदान दिदै आएको छ उत्ति नै अनुदान दिने जनाएको छ । अमेरिकाले डब्लुएचओ (WHOलाई औपचारिक पत्र पठाएर अनुदानको बारेमा स्पष्ट पारेको छ । 

राष्ट्रपति ट्रम्पले एक महिना अगाडि डब्लुएचओलाई दिदै आएको अनुदान रोक्ने जनाएको थियो । डब्लुएचओले चीनको पक्षमा मात्र काम गरेको र कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी बन्न नसकेको भन्दै उक्त अनुदान रोक्ने ट्रम्पले बताएका थिए । डोनाल्ड ट्रम्पको यस कदमको अमेरिकाभित्रै र अमेरिका इतर पनि विरोध हुँदै आएको थियो ।

अमेरिकाको रोक नियन्त्रण र रोकथाम केन्द्र (Center For Disease Control And Prevention) का प्रमुख जनस्वास्थ्य अधिकारी रोवर्ट रेड फिल्डले डब्लुएचओ र अमेरिकाको महामारीको लडाईमा सँगै काम गरेको लामो इतिहास भएको सार्वजनिक गरेका छन् । 

अमेरिकाले डब्लुएचओलाई वार्षिक चार सय मिलियन डलर दिदै आएको थियो । अमेरिकाले हालै गरेको पत्रचार अनुसार चीनको बराबर रकम दिंदा पहिलाको भन्दा १० गुना कम रहने छ ।

अमेरिकाको सो निर्णयप्रति प्रतिक्रिया दिंदै डब्लुएचओले ट्रम्पलाई दुई पटक सोंच्न आग्रह गरेको छ ।