मदन भण्डारी भन्थे, 'एउटा योद्दा मर्दा राष्ट्र बिधवा हुन्छ'
काठमाडौँ, ३ जेठ ।
२०५० साल जेठ ३ गते हो
दाशढुंगा भन्ने ठाउँमा जीप खसेको ...
यतिबेला देशमा नेकपाको दुई तिहाई मत प्राप्त सरकार छ । तर जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान गएको दासढुङ्गा दुर्घटनाबारे अझै छानबीन हुन सकेको छैन ।
हरेक वर्ष जेठ ३ गते मदन–आश्रित स्मृती दिवसमा नेताहरु भाषण गर्छन् र विज्ञप्ति पनि प्रकाशन गर्छन् दुर्घटनाको छानबिन गर्छौँ भनेर । उनीहरु सबार जीप त्रिशूली नदीमा खसेर नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको २६ वर्ष पुरा भएको छ ।
२७ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक वक्तव्य जारी गर्दै आम नेपाली जनता उक्त घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको र घटनाको रहस्य अझै उद्घाटित हुन नसकेको उल्लेख गरेका छन् ।
वक्तव्यमा लेखिएको छ, 'दुई लोकप्रिय नेताहरुको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ, उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन, तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षडयन्त्रपूर्ण हत्याका रूपमा लिन्छन्, २७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछ।'
२७ बर्षसम्म मदन–आश्रित निधन दुर्घटना हो कि हत्या ? नेकपाका दुई अध्यक्षको बक्तब्य भन्छ 'रहस्यमय मृत्यु' । यो देशमा यतिबेला मदनकी श्रीमती स्वयम् राष्ट्रपति पदमा बिराजमान छिन् । प्रधानमन्त्री र सभामुख सत्ताधारी पार्टीकै छन् । प्रधानन्यायाधीश, प्रधानसेनापति, प्रहरिमहानिरीक्षक नेकपाले नै नियुक्त गरेका अधिकारीहरु हुन् । अख्तियार, जासुस सबैको मुखिया तिम्रै छन् । संसदको दुइ तिहाइ तिम्रो । अब त्यो रहस्यको पर्दा खोल्न केले छेकिरहेको छ ? किन यो भयाबह अवस्थालाई रहस्यमय ढङ्ले लुकाइ राख्ने ?
२०५० जेठ ३ गते आजैका दिनमा षड्यन्त्रपुर्ण सडक दुर्घटनामा नेपालका लोकप्रिय यी दुई नेताहरुको हत्या भयो । त्यो हत्या बिरुद्दको अन्दोलनमा अरु धेरै नेपालीको पनि हत्या भयो । तर २७ बर्षसम्म सत्य पत्ता लागेन । देशको दुर्भाग्य वा षड्यन्त्रकारीको दुर्नियत ? मदन भण्डारी आफ्ना ओजपूर्ण भाषणहरुमा भन्ने गर्थे, 'एउटा मान्छे मर्दा स्वस्नी बिधवा हुन्छे, छोराले वर्खी बार्छ । एउटा योद्दा मर्दा राष्ट्र बिधवा हुन्छ ।' सायद यो देशले अझै कति वर्ष बर्खी बार्नुपर्ला ? के यसको उत्तर सत्ताधारी नेकपाले दिने हिम्मत गर्ला ?
प्रतिक्रिया