धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु, स्वाब परीक्षणका लागि टेकु पठाइयो 

धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु, स्वाब परीक्षणका लागि टेकु पठाइयो 

काठमाडौं, ३ जेठ ३ । काभ्रे धुलिखेल अस्पतालमा उपचाररत एक महिलाको मृत्य भए पछि अहिले सर्तकता अपनाइएको छ । कोरोनाको लक्षण मिल्दोजुल्दो विरामीको मृत्युपछि स्वाब परीक्षणका लागि राष्ट्रिय सरुवारोग प्रयोशाला टेकु पठाइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको काभ्रका प्रमुख जिल्ला अधिकारी श्रवणकमार तिमिल्सिनाले बताए।

उनले धुलिखेल अस्पताल क्षेत्रमा अहिले आवतजावतमा रोक लगाइएको पनि जानकारी दिए । कोरोना संक्रमणको मिल्दोजुल्लो लक्षण भएकी एक महिलाको धुलिखेल अस्पताल मृत्यु भएपछि कोरोना रोकथाम जिल्ला कमाण्ड पोष्टको आकस्मिक बैठक जिल्ला प्रशासन कार्यालयमा धुलिखेलमा बसेको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा के गर्ने भनेर जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा केही दिन अघि सुत्केरी भएर घर फर्केपछि ती महिलमा कोरानाको मिल्दोजिल्दो लक्षण देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको बताइएपनि थप कुरा खुलाइएको छैन । विरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको रिर्पोट आएपछि के गर्ने भनेर जिल्ला प्रशासन कार्यालय काभ्रेको सभा कक्षमा आकस्मिक बैठक बसेको हो ।