नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट महिलाको मृत्यु  

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट महिलाको मृत्यु  

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

उनको बिहीबार राति मृत्यु भएको हो। मृतक महिलाको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको हो ।  

नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । ३६ जना भने निको भएका छन् । 

थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३