नेपाली सेनामा दुईजनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३ जेठ । पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । यसअघि स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महोत्तरीका ५२ वर्षको पुरूष तथा काभ्रेका २६ वर्ष युवकमा कोरोना पुष्ट भएको जानकारी गराएका थिए ।
प्रतिक्रिया