सुत्केरी महिलाको कोरोनाबाट निधन भएको पुस्टि
३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएका बार्हबिसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजिटिभ देखिएकोमा संक्रमित महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निश्कर्ष आएको सोही जिल्लाका प्रदेश सांसद युवराज दुलाल शरदले जानकारी गराएका छन् ।
उनले सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेण्टको तर्फबाट सिल गरिएको छ र सम्बन्धित ठाउँमा भोलि विज्ञ प्राविधिक टोलीले कन्ट्याक्ट टे्सिंग गरी आवश्यक सबैको पीसीआर परीक्षण गरिने पनि बताएका छन् ।
ती संक्रमित सुत्केरी महिलाको धुलिखेल अस्पतालमा निधन भएको थियो ।
नेपालमा कोरोना संक्रमणबाट निधन हुने उनी पहिलो हुन ।
उनको निधनसँगै नेपालमा कोरोनाका कारण थप सन्त्रास छाएको छ ।
प्रतिक्रिया