रूसमा बन्दाबन्दी उल्लघंनकर्ता खोज्न आकाशमा आँखा
काठमाडौ । रूसमा कोरोनाभाइरसबाट जोगिन लगाइएको बन्दाबन्दी उल्लंघनकर्ताको खोजी गर्न आकाशमा आँखा स्थापित गरिएको छ ।
राजधानी मस्को क्षेत्रको निगरानीका लागि हावामा पृथ्वीबाट सयौं मिटर माथि आँखा जसलाई ‘ओको’ भनिएको जडान गरिएको छ ।
बन्दाबन्दीलाई कडाइका साथ पालना गर्नमा हेलचक्राइँ देखिएकोले त्यहाँको राष्ट्रिय सुरक्षा गार्डले आकाशमा प्रविधियुक्त आँखा स्थापित गरेको हो ।
ओको सिस्टमले भूँइमा भएका गतिविधिहरूको निगरानी गर्ने गस्ती टोलीलाई त्यसको जानकारी दिनेछ ।
रूसमा कोभिड–१९ संक्रमितहरूको संख्या धेरै हुन पुगेको र मस्को क्षेत्रमा २६२ जनाको मृत्यु भएको देखिएपछि निगरानीलाई कडा पारिएको हो ।
प्रतिक्रिया