लुकिछिपी काठमाडौं आएकाबारे जानकारी दिन अनुरोध
४ जेठ, काठमाडौं । लकडाउनको अवधिमा काठमाडौं उपत्यकामा लुकीछिपी प्रवेश गरेर संक्रमणको जोखिम बढाउँदै गएको सर्वत्र जनगुनासो आइरहेपछि काठमाडौं महानगरपालिका वडा नम्बर ४ को विपद व्यवस्थापन समितिले आफ्नो पहल बढाएको छ । उसले सार्वजनिक सूचना नै जारी गरेर घरधनी र छिमेकीहरुलाई लुकीछिपी आएका व्यक्तिका बारेमा जानकारी दिन अनुरोध गरेको छ ।
काठमाडौं वडा नम्बर ४ का सदस्य तथा विपद व्यवस्थापन समितिका संयोजक ध्रुवप्रसाद त्रिपाठीले सूचना जारी गर्दै काठमाडौं वाहिरबाट आएका व्यक्तिका बारेमा जानकारी दिनका लागि आफ्नो निकट र सुविधाका आधारमा फोन गर्नका लागि विभिन्न व्यक्ति र टेलिफोन नम्बर सार्वजनिक गरेका छन् ।
ध्रुव त्रिपाठीले जारी गरेको सार्वजनिक सूचना यसप्रकार छ,
'विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का बारेमा भावनात्मक कुरा गर्ने र हेलचेक्तयाइँ गरेर आफू, आफ्नो परिवार र समुदायलाई क्षति पुर्याउने कार्यको हामी सहयोगी नबनौं', संयोजक त्रिपाठीले झिल्कोसँग प्रतिक्रिया दिदैं भने, 'विश्वमा नै मानवताको अस्तित्वमाथि प्रश्न खडा भइरहेका बेलामा हामीले अपनाउने सानो सावधानी वा सतर्कताले हामी आफैं, परिवार र समाजमा योगदान पुर्याइरहेका हुन्छौ । अत्यावश्यक काममा मात्र घर वाहिर निस्कने, भौतिक दूरी कायम गर्ने अनि समस्यामा परेका टोल छिमेककालाई सहयोग गर्ने र धेरै असमर्थ भएमा माथि उल्लेखित नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गर्दछु । जीवनभन्दा ठूलो अरु छैन भन्ने मूल मन्त्रलाई आत्मसातीकरण गरौं ।'
प्रतिक्रिया