कोरोनाबाट महिलाको निधनप्रति प्रम ओलीद्वारा दुःख व्यक्त

कोरोनाबाट महिलाको निधनप्रति प्रम ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को सङ्क्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

उनले आज ट्विट गर्दै भनेका छन्, “कोरोनाको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोकनिवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।”

उनले मृतकप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । 

नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार भएको मृत्यु भएको थियो ।