धनकुटामा एक जना स्वास्थ्यकर्मीसहित थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनकुटामा एक जना स्वास्थ्यकर्मीसहित थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

मोरङ । नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  हो । धनकुटामा संक्रमण पुष्टि भएका एक जना स्वास्थ्यकर्मी भएको प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

नेपालमा पछिल्लो तथ्यांक अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ९५ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा हिजो धुलीखेलमा एक जना सुत्केरी महिला र आज बाँकैमा एक पुरुष गरी भाइरसको कारण मृत्यु हुने संख्या दुई पुगेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।