१५ दिन लकडाउन थप्ने सरकारको निर्णय
काठमाडौं । सरकारले १५ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को भरखरै सम्पन्न बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि जेठ ५ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको सरकारले मंगलबार राति १२ बजेपछि लकडाउनको समयाबधि सकिने भएपछि पुनः लकडाउन थपगर्ने निर्णय गरेको हो ।
लकडाउन थपिँदै जाँदा मध्यमबर्गका जनता समेत आत्तिन थालेका छन् भने पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणमा मात्र सीमित नरही २ जनाको मृत्युसमेत भएपछि सरकारले थप दुई हप्ता लकडाउन गर्ने निर्णय गर्न बाध्य भएको हो ।
सरकारले लकडाउन बढाउँदै गर्दा परीक्षणको दायरा पनि बढाउनुपर्ने आवश्यकता देखिन्छ । लकडाउन प्रभावकारी बनाउँदै पीसीआर परीक्षणको दायरा बढाउनपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
प्रतिक्रिया