भ्याक्सिन बन्नु अघि कोभिड–१९आफै जलेर जाने डब्लुएचओका पूर्व विज्ञको दाबी 

भ्याक्सिन बन्नु अघि कोभिड–१९आफै जलेर जाने डब्लुएचओका पूर्व विज्ञको दाबी 

काठमाडौ । भ्याक्सिन बन्नु अघि नै कोभिड–१९ आफै जलेर जाने विश्व स्वास्थ्य संगठन डब्लुएचओका  एक पूर्व क्यान्सर विज्ञले दाबी गरेका  छन् ।

डब्लुएचओका पूर्व शीर्ष अन्कोलजिस्ट तथा युनिभर्सिटी अफ बंकिघमको मेडिकल स्कूलका डिन कारोल सिकोराले यस्तको भनेका हुन् ।

उनले भने “भ्याक्सिन प्राकृतिकरूपमा आफै भ्याक्सिन बन्नु अघि जलेर जाने एक वास्तविक अवसर छ ।”

उनले ट्विटरमा यसबारे स्पस्ट पार्दै यो भनाइ आफ्नो व्यक्तिगत अनुभवको आधारमा स्पस्ट गरेको बताएका हुन्।

यो अज्ञात अवस्थामा यस्तो सम्भव हुने अवस्था रहेको देखिएको उनले बताए ।

वैज्ञानिकहरूले के हुने निश्चित नभइकन  सार्वजनिकरूपमा सामाजिक दूरी बनाइ बस्ने आह्वान गरेका छन्।

यो साताको शुरूमा डब्लुएचओले भ्याक्सिन बनाउन सक्ने आठ समूहको क्लिनिकल ट्रायल चलिरहेको जनाएको छ । अन्य ११० समूहको अनुसन्धान क्लिनिकल ट्रालय पूर्वको अवस्थामा रहेको छ ।

बेलायत र चीनलगायतका देशले भ्याक्सिनको परीक्षण मानिसमा गर्न शुरू गरिसकेका छन् ।

तर अझ यसले उपचार गर्ने हो होइन भन्ने स्पस्ट भइसकेको छैन् । यस्ता परीक्षणको नतिजा आउन र सफलता पाउन अझ महिनौं वा वर्षौ लाग्ने अवस्था रहेको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजका प्रमुख एन्थनी फाउसीले भ्याक्सिन असरदार हुनेबारे कुनै ग्यारन्टी गर्न नसकिने बताएका छन् ।

सन् २००२मा पहिलो पटक श्वासमा गम्भीर समस्या लक्षण भएको सार्स वा सन् २०१२मा मध्यपूर्वमा पहिलो पटक फैलिएको मर्सको लागि वर्षौसम्मको अनुसन्धान र परीक्षणले कुनै भ्याक्सिन बनाउन नसकिएको हो ।