मानवता विरोधी अपराधमा अर्बपति बिल गेट्सलाई पक्राउ गर्न माग
काठमाडौ । इटलीका एक सांसदले मानवता विरोधी अपराधमा अमेरिकी अर्बपति तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पक्राउ गर्न माग गरेकी छन् ।
इटालियन संसदमा रोमका सांस सारा कुनियलले सम्बोधन गर्दा बिल गेट्सलाई भ्याक्सिन अपराधमा पक्राउ गर्न माग गरेकी हुन् ।
कोरोनाभाइरस विरोधी अभियानमा बिग गेट्स र उनको प्रयासलाई जंगली पाप कर्मको रूपमा व्याख्या गरी उनले यो माग गरिन् ।
मन छुने खालको आफ्नो सम्बोधनमा कुनियलले कोभिड–१९ विरूद्ध हुने कुनै अनिवार्य भ्याक्सिनको योजनालाई संसदले विरोध गर्नुपर्ने आह्वान गरिन् । अर्बपतिहरूले भ्याक्सीन बनाउने गम्भीर षडयन्त्र गरिरहेको र त्यसको अगुवा बिल गेट्स र उनको भ्याक्सिन बनाउने योजना रहेको उनको भनाइ छ ।
बिल गेट्सले विगत कयौं वर्षदेखि कम विकसित देशहरूमा भ्याक्सिन बनाउने कुत्सित प्रयास गरिआएका छन् ।अफ्रिकामा लाखौं महिलालाई बाँझी महिला बनाएको र भारतका हजारौं बालबालिकालाई अपाङ बनाएको सांसद कुनियलले भनिन् ।
इटालियन सांसदले लकडाउन अपनाउने र आइसोलेसनमा पठाउने काम इटलीले पहिले गरेको र त्यो गलत भएको बताइन् ।
अन्तर्राष्ट्रिय अदालतमा बिल गेट्सलाई उभ्याउन इटलीका प्रधानमन्त्रीले बोलाउने उपाय अपनाउनुपर्ने उनले सम्बोधनको क्रममा माग गरिन् ।
प्रधानमन्त्रीले यसो नगरे उनको संलग्नता ग्लोबल डिप स्टेटको षडयन्त्रको सहभागी भएको ठहर हुने उनले बताइन् ।
बिल गेट्सको षडयन्त्र हालै उनको कम्पनी माइक्रोसफ्टको प्याटेन्टमा कम्पनीको उपकरणले व्यक्तिको शरीरको गतिविधिलाई ट्रयाक गर्न पाउने उल्लेख गरिएबाट पुष्टि भएको देखिएको आलोचकहरूले बताएका थिए ।
यसअघि रूसका ओस्कार सम्मानित फिल्म निर्देशक निकिता मिखाल्कोभले बिल गेट्सले यस किसिमको पेटेन्ट लिएको खुलासा गरेका थिए ।
प्रतिक्रिया