थप ९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ जना पुग्यो

थप ९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ जना पुग्यो

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३०४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा रौतहटका ७ जना पुरुष र एक महिला तथा बाराका एक जना  पुरूषमा कोरोनो पुष्टि भएको हो।

संक्रमितहरू मध्ये  रौतहट इशनाथ नगरपालिका २,३, ६ र ९ का रहेका छन्। उनीहरूको उमेर  २१ वर्षका २ जना, २३ वर्षका एक, २५ वर्षका दुइ, २९ वर्षका एक र ३० वर्षका एक पुरूष रहेका छन्।

रौतहटकै संक्रमित महिला माधव नारायण नगरपालिका ३ की २८ वर्षकी महिला हुन्। बाराका करैयामाइ ५ का संक्रमित पुरूषको उमेर ३८ वर्ष छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ।