अमेरिकन आईडलको उपविजेता बने दिवेश पोखरेल 

अमेरिकन आईडलको उपविजेता बने दिवेश पोखरेल 

काठमाडै, ५ जेठ ।  नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ औँ संस्करणको उपविजेता भएका छन् । उनी केही समय अघि उत्कृट पाँचमा परेका थिए ।  

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका हुन् । कुनै पनि नेपालीले यस किसिमको विश्व चर्चित रियालिटी सोमा यस अघि सो उपाधि पाएका थिएनन्।

यस अघि देवेश पोखरेललाई अमेरिकन आईडलको उपाधि दावेदारका रूपमा हेरिए पनि  जस्ट साम नामकी अमेरिकी युवतीले जित्न सफल भएकी छिन्।