कोभिड–१९को स्वतन्त्र छानबिन मागमा अमेरिका र चीनलाई ल्याउने प्रयास 

कोभिड–१९को स्वतन्त्र छानबिन मागमा अमेरिका र चीनलाई ल्याउने प्रयास 

काठमाडौ । विश्व स्वास्थ्य सभा(डब्लुएचए) हुन अघि त्यसमा प्रस्तुत गर्न खोजिएको अस्ट्रेलिया र युरोपियन युनियन समर्थित कोरोनाभाइरस प्रसारबारे एक स्वतन्त्र अनुसन्धान गर्नुपर्ने प्रस्तावमा ६२ देशको रूपमा भारतले समर्थन जनाएको छ ।

यो प्रस्तावमा चीन वा चीनको शहर वुहानमा भाइरस फैलिएको विषयलाई विशेषरूपमा उल्लेख गरिएको छैन् । सोमबार हुने डब्लुएचएमा प्रस्तुत गर्न खोजिएको भाइरससम्बन्धी सो मागमा अहिलेसम्म अमेरिका र चीनले समर्थन जनाउन बाँकी रहेको छ ।

यो सभा हुन अघिसम्म यस प्रस्तावमा उनीहरूलाई सहमत गराउने प्रयास भने जारी रहेको छ ।

रूस र दक्षिण अफ्रिकाजस्ता चीनका निकटतम  आर्थिक साझेदारहरूले यो प्रस्तावमा समर्थन जनाएका छन् ।

बेलायत, जापान, दक्षिण कोरिया, इन्डोनेसिया र टर्कीले पनि यसमा सहमति जनाएका छन् ।

अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूले जनाएको यो प्रस्तावको वकालत गर्ने पहिलो देश अस्ट्रेलिया थियो ।