बाँकेमा ४७ सहित ५३ नयाँ पोजिटिभ, संक्रमितको संख्या ३५७

बाँकेमा ४७ सहित ५३ नयाँ पोजिटिभ, संक्रमितको संख्या ३५७

काठमाडौँ ।  बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नरैनापुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

त्यस्तै मोरङ, गुल्मी, भैरवा, धनुषा, रौतहट, दाङ, धादिङ मा एकएक जना नयाँ संक्रमितसँगै कोरोना भाइरसबाट हालसम्म ३५७ जना पोेजेटिभ विरामी पुगेको छ । 

आज पुष्टि भएका बाँकेका संक्रमितहरु अधिकांश भारतबाट फर्किएका नेपाली भएको प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोत बताएको छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो ।

तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ ।