कोभिड–१९बाट बच्न डेढ हप्तादेखि हाइड्रोक्सीक्लोरोक्विन खाँदै गरेको खुलाए ट्रम्पले
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट बच्न आफूले डेढ हप्तादेखि हाइड्रोक्सीक्लोरोक्विन खाँदै गरेको खुलाएपछि पत्रकारहरू छक्क परेका छन् ।
ह्वाइट हाउसको फिजिसियनको सल्लाहपछि आफूले रोकथामका लागि हाइड्रोक्सीक्लोरोक्विन लिने गरेको उनले बताए पछि त्यसको कतिपय अमेरिकी मिडियामा आलोचना गरिएको छ ।
हाइड्रोक्सीक्लोरोक्विनले कोरोनाभाइरसबाट बचाउने कुनै प्रमाणका आधारमा खाने गरेको भनी सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यसबारे धेरै सकारात्मक आह्वान आफूलो पाएको बताए ।
मिडिया र मेडिकलका संस्थापन पक्षले यो औषधिले कोभिड–१९ निको हुनु भन्दा पनि दुष्परिणाम बढी ल्याउने गरेको बताउने गरेका छन् ।
यो औषधि दशकौंदेखि मलेरिया निको पार्न दिने गरिएको हो ।
ह्वाइट हाउसका कतिपय कर्मचारीमा कोभिड–१९ संक्रमित भएयता ट्रम्पलाई मास्क लगाउन भनिएपनि मास्क नलगाउने गरेका छन् ।
ट्रम्पले यो औषधि खाएको भने यता अमेरिकी मिडियाले यसको साइडइफेक्सटको लामो फेहरिस्त सार्वजनिक गर्न थालेका छन् ।
प्रतिक्रिया