डब्लुएचओले ३० दिनमा व्यवहार नसुधारे स्थायीरूपमा रकम रोक्ने ट्रम्पको चेतावनी

डब्लुएचओले ३० दिनमा व्यवहार नसुधारे स्थायीरूपमा रकम रोक्ने ट्रम्पको चेतावनी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई ३० दिन भित्र व्यवहार सुधार गर्न चेतावनी दिएका छन् ।३० दिन भित्र डब्लुएचओले व्यवहार नसुधारे ट्रम्पले अमेरिकाबाट दिइने सहयोग रकमलाई स्थायीरूपमा रोक्का गर्ने चेतावनी दिएका हुन् ।

यो चेतावनीसहितको पत्र ट्रम्पले डब्लुएचओका महानिर्देशक टेड्रोज अधानोमलाई लेखि पठाएका हुन् ।यसअघि ट्रम्पले कोरोनाभाइरसका बारेमा गलत र भ्रम पार्ने खालका विज्ञप्तिहरू निकालेको र चीनको पक्षमा काम गरेको आरोप लगाएर अमेरिकाबाट दिइने सहयोग रोक्ने आदेश दिएका थिए ।

ट्रम्पले अब तीन पृष्ठ लामो पत्रमा उनले डब्लुएचओलाई ३० दिन भित्र व्यवहार सुधार गर्न यस्तो चेतावनी दिएका हुन् ।पत्रमा डब्लुएचओले सुधार कसरी गर्ने विषयमा केही उल्लेख गरिएको छैन् । ट्रम्पका आरोपहरूलाई डब्लुएचओले खारिज गर्दै आएको हो ।

तर सोमबार ट्रेडोजले डब्लुएचओले वैश्विक महामारीको विषयमा आफ्नो पारदर्शीता तथा जवाफदेहिताबारे समिक्षा गर्ने जनाएका थिए ।

डब्लुएचओले मार्चमा कोरोनाभाइरस वैश्विक महामारी भएको घोषणा गरेको थियो ।

डब्लुएचओले शुरूका दिनमा यो मानिसबाट मानिसमा नसर्ने  र यात्रा प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता नरहेको जनाएका कारण आलोचना खेप्नु परेको देखिएको छ ।