सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गरेको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मङ्गलबार बहुमतले पारित भएको छ । बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ । विभिन्न राजनीतिक दल र नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना गर्नै आइरहेका थिए ।