फ्रान्सका राष्ट्रपतिले सदनमा बहुमत गुमाए
काठमाडौ । फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोनले त्यहाँको संसदमा नवगठित दलमा असन्तुष्ट सांसदहरूले समर्थन गरेको जनाएपछि बहुमत गुमाउन पुगेका छन् ।
राष्ट्रपतिको पार्टीका ७ जना सांसदहरूले नवगठित बामपन्थी समूह इकोलजि डेमोक्रेसी सोलिडारिटीमा सहभागी हुने जनाए पछि उनले बहुमत गुमाउन पुगेका हुन् ।
पार्टी छाडेका७ जना सांसदहरूले बढी बामपन्थी झुकाव भएका नीतिहरूको माग गर्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् । यो माग गर्ने सांसदहरूको संख्या १७ हुन पुगेको हो ।
राष्ट्रपति म्याक्रोनको पार्टी एलआरइएमसँग मात्र २८८ सांसद बाँकी रहन पुगेको हो । म्याक्रोनलाई चाहिने गणपूरक संख्या २८९ पु¥याउन १ सांसदको कमी हुन पुगेको हो ।
म्याक्रोनको पार्टीले अझ मध्यमार्गी पार्टी मोडेमको समर्थन प्राप्त गर्ने अपेक्षा गरिएको छ । तर समर्थन गुमेपछि उनलाई उनीहरूको नीतिलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता भएको छ ।
फ्रान्समा सरकार विरोधी पहेलो भेस्टधारीहरूले एक वर्ष भन्दा बढी समयदेखि प्रदर्शन गर्दै आएका छन् । सरकारको पेन्सन सुधार कार्यक्रमको विरोधमा प्रदर्शन भइआएको हो ।
यो नयाँ पार्टीले सदनमा एजेन्डाको आधारमा मतदान गर्ने जनाएको छ । बहुमत वा प्रतिपक्ष कुनै तर्फ पनि नजाने यो समूहले जनाएको छ ।
खस्किदै गएको म्याक्रोनको लोकप्रियतामा कोभिड–१९को बेला गरेका लोकप्रिय कार्यले गर्दा केही सुधार भएको थियो ।
अहिले सांसदहरूले समर्थन दिन अस्वीकार गरेपछि उनलाई संकटमा पारेको हो ।
प्रतिक्रिया