सार्सका एन्टीबडीले कोरोनालाई रोक्ने महत्वपूर्ण नयाँ खुलासा
काठमाडौ । कोरोनाभाइरस विरूद्धको अभियानमा वैज्ञानिकहरूले १७ वर्ष पुरानो सन् २००३मा आएको महामारी सार्सबाट बाँचेका बिरामीको रगतबाट फेला परेका एन्टीबडीले कोरोनालाई रोकेको पत्ता लगाएका छन् ।
यो एन्टीबडीले कोरोनालाई संक्रमण गर्न रोक्नुका साथै यसलाई परिवर्तन हुन(म्युटेटिङ)बाट पनि रोकेको हो ।
स्विटजरल्यान्ड र अमेरिकामा रहेका वैज्ञानिकहरूले २५फरक खालका एन्टीबडीको अध्ययन गरे । यो अध्ययनको उद्देश्य भाइरसमा फरक प्रोटिनको चक्रले कस्तो प्रभाव पार्छ र घरेलु कोष (हस्ट सेल) लाई कसरी छुटयाउँछ र जेनेटिक वस्तुमा कसरी संक्रमण गर्छ भन्ने विषय पत्ता लगाउनु थियो ।
यी एन्टीबडीहरू मधये ८ प्रकारका एन्टीबडीले कोभिड–१९ र संक्रमित कोष दुबैलाई बाँधेर राख्न सकेको अधययनबाट फेला परेका हुन् ।
विशेषगरी एस३०९ले बलियो भूमिका खेलेको पाइएको छ । कोभिड–१९सँग यसको सामना भए यो गतिविधिलाई निस्क्रिय पार्न बलियो भएको देखिएको छ । जब एस३०९लाई अरूसँग मिलाइन्छ तब यसले म्युटेट हुन पनि रोक्छ ।
सिभियर अक्युट रिसपिरेटरी सिन्ड्रोम वा सार्स र कोभिड–१९बनाउने कारण बोकी लाने दुबै कोरानाभाइरस हुन् । दुबैको उत्पत्ति समान जनावरबाट भएर मानिसमा सरेको विश्वास गरिन्छ । दुबैको संरचना समान छ । सार्सबाट बचेकहरू मध्ये एकको एन्टीबडी प्रयोग गरिएको छ ।
यसको थप अध्ययन हुन बाँकी रहेको छ ।
प्रतिक्रिया