भूमिअधिग्रहण खोजेको भन्दै प्यालेस्टाइनद्वारा इजरायल र अमेरिकासँग भएका सबै सम्झौता खारेज
काठमाडौ । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले इजरायल तथा अमेरिका र आफ्नो देशसँग भएका सबै सन्धी सम्झौता खारेज भएको घोषणा गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी भूभाग अधिग्रहण गर्ने योजना बनाएको भन्दै राष्ट्रपति अब्बासले यस्तो घोषणा गरेका हुन् ।
“द प्यालेस्टाइन लिब्रेशन अर्गनाइजेशन र प्यालेस्टानी राज्यले अमेरिका तथा इजरायलसँग सुरक्षालगायत सबै सन्धी सम्झौता र समझधारीलाई आज देखि मुक्त गरेका छन्” राष्ट्रपति अब्बासले रमल्लाहमा नेतत्वहरूको बैठकमा भने ।
वेस्ट बैंकमा रहेको यहुदी बस्तीलाई इजरायलले अधि ग्रहण गर्न खोज्ने इजरायली प्रधानमन्त्री नेतान्याहुले घोषणा गरेपछि अब्बासको यो धारणा सार्वजनिक हुन पुगेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा यो भूमिअधिग्रहण गर्ने योजनालाई ‘द डिल अफ द सेन्चुरी’ भनेर घोषणा गरेका थिए ।
त्यतिखेर राष्ट्रपति अब्बासले यो डिललाई अस्वीकार गरेका थिए ।
प्यालेस्टाइनले खारेज गरेको घोषणामा अस्लो एकर्ड १९९३, हेब्रोन एग्रिमेन्ट १९९७ र वी रिभर एग्रिमेन्ट१९९८ र प्यालेस्टाइन तथा इजरायलबीच अहिलेसम्म अपनाइएका सुरक्षा मापदण्डहरू परेका छन् ।
प्रतिक्रिया