चीन विरूद्धको ‘हाइब्रिड वार’ लड्न डब्लुएचओमा भारतले स्वास्थ्यमन्त्रीलाई पठाउन खोजेको हो र ?
काठमाडौ । भारतका स्वास्थ्य मन्त्री हर्ष बद्र्धनलाई विश्व स्वास्थ्य संगठन डब्लुएचओको कार्यकारी बोर्ड अध्यक्षमा मनोनित गर्ने तयारी भइरहेको छ ।
योजना अनुसार सब ठीक ठाक भए हर्षबद्र्धनले शुक्रबारदेखि सो पद बहाल गर्ने छन् ।
भारतको तर्फबाट डब्लुएचओको जिम्मेवारी स्वास्थ्यमन्त्री हर्ष बद्र्धनले पूरा गर्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।
यसका लागि हुने निर्वाचन प्रक्रियाको औपचारिकता २२ मेमा पूरा गरिने छ । यो भूमिका पूर्णकालीन जिम्मेवारी नभइ वर्षमा दुई पटक हुने बोर्डको बैठकमा अध्यक्षता गर्नु हुनेछ ।
डब्लुएचओको दक्षिण पूर्व एसिया समूहले गतवर्ष सर्वसम्मतले यो जिम्मेवारी भारतलाई दिने निर्णय गरेको थियो । यो कार्यकारी बोर्डको पदावधि तीन वर्षको हुनेछ । अध्यक्षको पद चक्रीय प्रणाली अनुरूप क्षेत्रीय सदस्यहरूमा घुमिरहेको हुन्छ ।
अमेरिकाले भारतलाई चीन विरूद्धको छद्यम युद्धमा उपयोग गर्न खोजेको छ । चीन विरूद्धको गतिविधि कोरोनाभाइरसको अभियान अन्तर्गत भारतले सहजै गर्न सकोस भन्ने मनसायका लागि स्वास्थ्य मन्त्री हर्ष बद्र्धनलाई पठाउन खोजिएको कतिपयको अड्कल रहेको छ ।
अमेरिका मस्को आधारित एक राजनीति विश्लेषक एन्डरू कोरिब्कोले यस्तो बताएका छन् । चीन विरूद्धको ‘हाइब्रिड’ युद्ध भारतले लड्न लागेको उनको भनाइरहेको छ । उनले भारत अमेरिकाको भइसकेको दाबी ‘ इन्डिया इज इन्टेन्सिफाइङ इट्स युएस ब्याक्ड हाइब्रिड वार अन चाइना’ शीर्षकमा गरेका छन् ।
डब्लुएचओका बारेमा अनुसन्धान गर्नुपर्ने अमेरिका समर्थित मागलाई भारतले समर्थन जनाइरहेको देखिएको बताउँदै विश्लेषक कोरिब्कोले डब्लुएचओमा ताइवानको भूमिका खोज्न यो पटक अमेरिकाले भारतलाई उपयोग गर्ने जनाएका छन् ।
एक चीन नीतिको विषयमा भारत ढुलमुले हुन सक्ने देखेर अमेरिकाले डब्लुएचओको मोर्चाबाट चीन विरूद्ध भारतको उपयोग गर्न खोजेको उनको बुझाइ रहेको छ ।
कोरोनाभाइरस कोभिड–१९को विषयमा चीन विरूद्धका दाबीहरूलाई उछाल्न भारत बढी उपयोगी हुन सक्ने देखेर अमेरिकाले त्यस अनुरूपको योजना बनाइरहेको देखिएको छ । गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई हाइड्रोक्सीक्लोरोक्विन खुरूक्क देउ भनेपछि भारतले दिएको दिएको दृश्य देखिएको थियो ।
अमेरिका भारत वर्चस्वले चीनलाई गम्भीर कठिनाइ उत्पन्न गर्ने छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सैनिक शक्तिका भोका हुन् भन्दै कोरिब्कोले जम्मुकाश्मिरलाई दिइएको विशेष दर्जाको अपहरण, लद्दाखको विभाजन, डोक्लाममा सैनिक भिडन्तको अवस्था सिर्जना गर्ने कार्य त्यसको पुष्टि गरेको जनाएका छन् ।
भारतका स्वास्थ्यमन्त्री हर्ष बद्र्धनबाट चीन विरूद्धको छद्यम युद्धमा भारतको भूमिका प्रभावकारी हुने देखिएपछि भारत सरकारले उनलाई पठाउन खोजिएको कतिपयको आँकलन रहेको छ । कोरोनाभाइरस विरूद्धको अभियानको नेतृत्व अहिले हर्ष बद्र्धनको क्षमतालाई विशेष आँकलन गरिएको हो ।
भारतले चीनबाट निस्कन खोजेका क्रियाशील अमेरिकी कम्पनीहरूलाई भित्र्याउने योजना अनुसार हाइब्रिड वारमा सहभागीता जनाउने भएको हो ।
प्रतिक्रिया