बाबुराम भट्टराईलाई फुटेको शिशाको टुक्रामा अनुहार हेर्न सूर्य थापाको चेतावनी !

बाबुराम भट्टराईलाई फुटेको शिशाको टुक्रामा अनुहार हेर्न सूर्य थापाको चेतावनी !
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधामन्त्री डा. बाबुराम भट्टराईले सदनमा दिएको अभिब्यक्तिप्रति कडा शब्दमा आलोचना गरेका छन् । उनले सामाजिकसञ्जाल फेसबुकमा लेखेका छन्, 'डा. बाबुराम भट्टराईको मागबमोजिम प्रधानमन्त्री सच्चिनु सुध्रिनुपर्ने रे ? लेख्नुबोल्नुको पनि हद हुन्छ ? कमसेकम फुटेको शिशाको टुक्रामा आफ्नो अनुहार हेर्नू नि ! उनी लेख्छन्, 'काँग्रेसको सहयोगमा गोरखामा कृपापूर्वक यिनले चुनाव जितेको जनताजनार्दनले भुलेका छन र ? अनि, यी १ सिटे अस्थिरताका गोटीसँग कस्तो व्यवहार गरिदिनुपर्ने हो प्रमले ? अझ हठ र अहंकार पो भयो रे !! देशभक्तिलाई भौगोलिक राष्ट्रवादूको संज्ञा दिदै लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषदको निर्णय र सार्वर्भौम संसदको ऐतिहासिक घोषणाको पनि यसरी विरोध गर्ने ? हिजो ४० सूत्रीय माग पेश गर्दा नक्कली राष्ट्रवादी भई टोपलेका 'फण्डिङ पिएचडी' ले यति नग्न दासता प्रदर्शन र दलाली त नगरे हुन्थ्यो नि ! अझै चितुवासम्म हो कि भन्ने भ्रम दिएकोमा आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीले दिनुभएको दमदार मन्तव्यपछि झुसे बिरालोका रूपमा पो म्याउँ गरेको सुनियो, यसरी जसको सीता खायो, उसकै गीता गायो ! लाजको पसारो !!!