कालिमाटी बृतका दुई प्रहरीलाई कोरोना संक्रमण

कालिमाटी बृतका दुई प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं कालिमाटी क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ भेटिएको हो ।

संक्रमण भएकोबारे स्वास्थ्य मन्त्रालयले मंगलबार नै प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएका दुवै प्रहरी भने ब्यारेकमै बसेका थिए । उक्त ब्यारेकमा ९० जना बस्ने गरेका छन् । उक्त ब्यारेकमा बस्ने सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको छ ।