एसियाबाट झिकिएको विदेशी लगानीमा भारतको आधा भन्दा बढी

एसियाबाट झिकिएको विदेशी लगानीमा भारतको आधा भन्दा बढी

काठमाडौ । एसियाली अर्थतन्त्रहरूमा भारतबाट झिकिएको विदेशी लगानी सबै भन्दा बढी रहेको छ ।

कोरोनाभाइरसले निम्त्याएको आर्थिक मन्दीको बेला २६ अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी एसियाली अर्थतन्त्रहरूबाट झिकिएको एक अनुमान गरिएको छ ।

ती मध्ये आधा भन्दा बढी १६ अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी भारतबाट झिकिएको हो ।

युरोपमा जर्मनी, फ्रान्स, बेलायत, स्पेन र इटलीका गरी ३ करोड भन्दा बढी मानिसले राज्यबाट आर्थिक सहयोगको माग गरेका छन् । यो सन् २०२०को पहिलो त्रैमासिकको आँकडाले यस्तो जनाएको छ । युरोजोनको अर्थतन्त्र ३.८ प्रतिशतले खुम्चिएको छ । 

अमेरिकाको प्रारम्भिक आँकडाले  पहिलो त्रैमासिकमा जीडीपी ४.८ प्रतिशतले झरेको छ ।

यो सन् २००८ यताकै सबै भन्दा ठूलो त्रैमासिक ह्रास हो ।सीआरएसको यो अध्ययन अनुसार सबै प्रमुख अर्थतन्त्रहरू कोरोनाभाइरसका कारण खुम्चिन पुगेका हुन् । तीन देश चीन ,भारत र इन्डोनेसियामा आर्थिक बृद्धि सकारात्मक दरमा रहने अपेक्षा गरिएको छ ।