कपिलवस्तु १२, रुपन्देहीमा १ गरी थपिए १३ जना नयाँ संक्रमित

कपिलवस्तु १२, रुपन्देहीमा १ गरी थपिए १३ जना नयाँ संक्रमित

७ जेठ, काठमाडौं । बुधबार रुपन्देही १ र कपिलवस्तुमा १२ गरी थप १३ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नयाँ संक्रमितको पुष्टि भए पनि स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।

उनीहरु सबै जना भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका थिए । ५ नं प्रदेश सरकारकै पहलमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।