कोरोना संक्रमण देखिएपछि कालिमाटी प्रहरी वृत्त सिल

कोरोना संक्रमण देखिएपछि कालिमाटी प्रहरी वृत्त सिल
काठमाडौं, ६ जेठ । काठमाडौंको कालिमाटी प्रहरी वित्तमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालिमाटी वृत्त सिल गरिएको छ। प्रहरी प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले कालिमाटी प्रहरी वृत्त सिल गरिएको बताए । कालिमाटी वृत्तका कुन तहका प्रहरीलाई कोरोना लागेको भन्नेबारे केही खुलाइएको छैन । त्यहाँ कार्यरत सबै जनाको परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ । साथै सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।