चीनमा तातो पानीको रहस्य !

चीनमा तातो पानीको रहस्य !

सबल दाहाल

काठमाडौं । चीनका मानिसले चीसो पानी भन्दा तातो पानीको रुचि राख्छन् । बाह्रै महिना जाडो होस् या गर्मी सबै बासिन्दाले तातो पानीलाई नै प्राथमिकता देख्छन् । २० औं शताब्दीको सुरुदेखि नै त्यहाँ Public Health Campaign  (सामाजिक स्वास्थ्य अभियानहरुमा तातो पानी पिउनको लागि प्रोत्साहित गर्दै आइयो । 

१९३० को दशकको राष्ट्रवादी सरकारले आफ्नो शक्तिलाई सुदृढीकरण गर्दै थियो, New Life Movement भनिने नागरिक अभियान संचालन ग¥यो । अरु चीजहरुको साथै मानिसलाई न्यानो मनतातो पानी पिउन प्रोत्साहित ग¥यो । 

राष्ट्रवादीले सरकार गुमाएपछि पनि कम्युनिस्ट सरकारले तातो पानीको प्राथमिकतालाई जोगाई नै राख्यो । १९५२ देखि कम्युनिस्ट सरकारले धेरै सार्वजनिक स्वास्थ्य अभियानहरु सुरु ग¥यो र मानिसलाई तातो पानी पिउन प्रोत्साहित गर्दै गयो । त्यही परम्परा र संस्कार अहिलेको पुस्तामा पनि निरन्तर आइरहेको छ । 
 

चिनियाँले तातो पानी पिउन रुचाउनुको एउटा कारण आफ्नो शरीरलाई न्यानो राखिराख्नु हो । यस अभ्यासले शरीरका ब्याक्टेरियाहरुलाई मार्न मद्दत गर्दछ भन्ने विश्वास छ ।
 

न्यानो/तातो पानी पिउने वानि यति लामो समयसम्म रहिरहनुको कारण परम्परागत चिनियाँ औषधी Traditional Chinese Medicine हो । 

२००० वर्ष पहिले लेखिएको चिनियाँ चिकित्सा Huangdi Neijing मा तातो पानीलाई स्वास्थ्यको एक प्रभावकारी नियमको रुपमा सिफारिस गरिएको छ । उक्त चिनियाँ इतिहासमा तातो पानी पिउनाले शरीरको हरेक अंगहरुलाई राम्रोसँग कार्य गर्न मद्दत पु¥याउँने जनाइएको छ । 

यस्तै विभिन्न Traditional Chinese Medicine  (TCM) मा तातो पानीले पिउनाले पाचन प्रक्रियाका साथै पौष्टिकतामा पनि मद्दत गर्ने बताइएको छ । 

अहिले विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस चीनको वुहानमा पहिलो पटक देखिएको थियो । यस्तै परस्परागत मान्यतालाई उपयोग गर्ने संस्कारले धन्नै चीनमा ९० हजारको हाराहारीमा कोरोना संक्रमित हुँदा समेत मानवीय क्षतिलाई न्यून राख्न सफल भयो। आज संसारका २१० देशमा भाइरस फैलिरहेको छ । यसको निर्मुल गर्ने औषधी अमेरिका, बेलायत लगायतका मुलुकले पत्ता लगाउन कोसिश गरिरहेका छन तर सफलता हात लाग्न सकिरहेका छैनन् । तातो पानी बारम्बार पिउनु र पटक पटक हात धुनु आजका संसारका मेडिकल चिकित्सकहरुले समेत सुझाइरहेको छन जुन चीनले सदियौंदेखि गर्दै आइरहेको थियो ।